काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला तिन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य भने बढेको छ । हिजो प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।