कम्बोडियामा अलपत्र परेका जना नेपालीको उद्दार
चैत ११, २०८२काठमाडौँ । कम्बोडियामा अलपत्र परेका ५१ जना नेपालीको उद्दार गरिएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरूलाई अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । नेपाली राजदूतावास बैंकक को पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्दार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई चैत्र १० गते कम्बोडियाबाट उडाएर चैत्र ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
सबै पढ्नुहोस