काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् । काठमाडौं बाहिर ४ र ५ पुस अनि काठमाडौं उपत्यकामा ११ र १२ गते निर्वाचन भएको थियो ।
केहीबेरअघि सकिएको मतगणनामा डा.शेर्पाले ५२३४ मत ल्याएर जित हात पारेका हुन् । उनका नजिकका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ४३५० मत पाए ।
उपाध्यक्षका अर्का उम्मेदवार अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यमा डा.छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन कुमार यादव निर्वाचित भएका छन् । त्यसैगरी अन्य सदस्यमा डा.अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. रबिन बस्नेत र निना राई निर्वाचित भएका छन् ।
८ जना सदस्यका लागि ३३ जना चिकित्सक प्रतिस्पर्धामा थिए । निर्वाचित उपाध्यक्ष र सदस्यहरूको पदावधि ४ वर्षको रहने व्यवस्था छ ।