×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

टी-२० विश्वकपको अवसरमा सामसङका टिभीमा २१ प्रतिशतसम्म छुटसँगै नेटटिभीको सब्सक्रिप्सन निःशुल्क

टी-२० विश्वकपको अवसरमा सामसङका टिभीमा २१ प्रतिशतसम्म छुटसँगै नेटटिभीको सब्सक्रिप्सन निःशुल्क

काठमाडौँ । सामसङ नेपालले टी-२० विश्वकपलाई लक्षित गर्दै टिभीमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टिभी तथा एआई टीभीका मोडेलहरूमा २१ प्रतिशतसम्म क्याशब्याक तथा ७ हजारसम्मको एक्स्चेन्ज बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामसङका ८५ इन्चसम्मका टिभीमा भएको फोरके एआई अपस्केलिङ क्वालिटी, एडप्टिभ साउण्ड जस्ता फिचरले खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउने छ । साथै यो अवसरलाई थप रोमाञ्चक बनाउन कम्पनीले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा ग्राहकलाई तीन हजारसम्मको निःशुल्क नेटटिभी प्याकेज पनि उपलब्ध गराउने छ । क्यूएलईडी र यूएचडी मोडेलका टिभीको खरिदमा १२ महिनाको निःशुल्क नेटटिभी सब्सक्रिप्सन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै फुल एचडी र एचडी मोडेलका टिभीको खरिदमा ६ महिनाको निःशुल्क नेटटिभी सब्सक्रिप्सन उपलब्ध हुनेछ । सामसङ टिभीमा नेटटीभी एप सक्रिय गर्न ग्राहकले निम्न प्रक्रियाहरूको पालना गर्नुपर्नेछः  

१. सुरुमा सामसङ अकाउण्टमा साइन इन-साइन अप गर्नुहोस् । 

२. त्यसपछि सामसङ स्टोरबाट नेटटिभी एप इन्स्टल गर्नुहोस् ।

३. टिभी खरिद गर्दा उपलब्ध गराइने प्रमाणहरू पेस गरेर नेटटिभी एपमा लगइन गर्नुहोस् । 

यति गरे पश्चात् तपाईँले टिभी खरिदसँगै निःशुल्क नेटटिभी पनि हेर्न सक्नुहुनेछ । 

यसका साथै ग्राहकको सहजताका लागि कम्पनीले शून्य ब्याजदरमा किस्ताबन्दीमा यी टिभी खरिद गर्न सकिने सुविधा समेत उपलब्ध गराएको । साथै आफ्ना टी, ए, बी, सी, डी एफ सिरिजका टिभीहरूमा म्यानुफ्याक्चरिङ डिफेक्ट अन्तर्गत तीन वर्षको वारेन्टी सेमत उपलब्ध हुने कम्पनीले जनाएको छ । 

क्याटेगरी

आकार

निःशुल्क NETTV प्याकेज

छुट (सम्म)

एक्स्चेन्ज बोनस (अधिकतम)

QLED

55” - 85”

12 महिना

19%

NPR 7000

UHD

43” - 65”

12 महिना

10%

NPR 4000

FHD

(UA43F5550FUXXL मा मात्र लागु हुन्छ)

43”

6 महिना

7%

-

HD

(UA32H4570FUXXL र UA32H4520FUXXL मा मात्र लागु हुन्छ)

32”

6 महिना

21%

-

प्रतिकृया दिनुहोस्