×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन

परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरेको छ।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार आगामी मार्चमा नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उक्त समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै उच्चस्तरीय समिति गठन गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले जानकारी दिए ।

उक्त समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव, आर्थिक कूटनीति महाशाखाका सह–सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, एनआरएनएका अध्यक्षद्वय डा बद्री केसी र महेश कुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलगायत रहेका छन्। निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रतिकृया दिनुहोस्