×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्वपूर्ण हो : कुलमान घिसिङ

देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्वपूर्ण हो : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताएका छन् ।

२००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए ।

‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्‍यौं । राजनीतिक परिवर्तन गर्न हाम्रा नेताहरू सफल देखिनुभयो । तर, आर्थिक क्रान्तिमा असफल बन्नुभयो,’ उनले भने, ‘राजनीतिमा ठूलठूलो भाषण गर्न सक्ने व्यक्ति विकासको नेतृत्व गर्न असफल हुँदै आए । परिणाममुखी राजनीतिक कसैले गरेनन् ।’

उनले २००७ आसपासको समयमा नेपालसँगै भारत र चीनमा राजनीतिक परिवर्तन भएको बताउँदै ७५ वर्षमा उनीहरूले निकै ठूलो आर्थिक विकास गरेको चर्चा गरे ।

‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो । भारत र चीनमा पनि ठूला राजनीतिक परिवर्तन आए । ७५ वर्षमा चीनले आफ्नो जीडीपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ उनले भने, ‘नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो । यहीँनेर हामी चुक्यौं ।’

प्रतिकृया दिनुहोस्