×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो ।

‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई भनियो,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

गत चैत–वैशाखमा शिक्षकहरुले काठमाडौंमा आन्दोलन गरेपछि सरकारसँग ९ बुँदे सहमति भएको थियो । सहमतिमा असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका बुँदाहरु छन् । तर ती सहमति कार्यान्वयन नभएको शिक्षकहरुको गुनासो छ ।

साथै २०८१ जेठमा जारी भएको सरुवा निर्देशिका व्यवहारिक नभएको भन्दै शिक्षकहरूले खारेजीको माग राखेका छन् ।
 

प्रतिकृया दिनुहोस्