×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

वार्म अप खेलमा नेपालले क्यानडालाई हरायो

वार्म अप खेलमा नेपालले क्यानडालाई हरायो

काठमाडौं । आईसीसी टी-२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ । बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाएर रिटायर्ड आउट भए । यस्तै सन्दीप जोराले ४४ अनि गुल्शन झाले ३१ रन बनाए ।

क्यानडाका लागि अजयविर सिंह, जसकरन सिंह तथा साद बिन जफरले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ तथा श्रेयस मोभाले ३९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २/२ विकेट लिए ।

नेपालले यसअघि पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो ।

नेपालले त्यसअघि मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँगको दुई अभ्यास खेल जितेको थियो भने श्रीलंकामा श्रीलंका ए‌ सँगको ३ खेलको शृंखलामा २/१ ले पराजित भएको थियो ।

माघ २४ देखि सुरु हुने टी-२० विश्वकपमा‌ नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस्