×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै एसएसपी सरुवाबारे जानकारी गराएको हो ।

सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरता रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ ।

खड्का गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरता सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।

त्यस्तै प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई विमानस्थलमा सरुवा गरिएको छ ।

हेर्नुस् सूची :

 

प्रतिकृया दिनुहोस्