×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

कलाकार सुनिल थापाको निधन

कलाकार सुनिल थापाको निधन

काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।

‘अस्पतालमा ल्याउँदा नै अनकन्सिएस अवस्थामा हुनुहुन्थ्यो । कार्डियाक अरेस्ट भएको अनुमान छ’, अस्पताल स्रोतले भन्यो, ‘ हस्पिटल आउने बित्तिकै ईसीजी गरिहाले थियो । ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयो ।’

प्रतिकृया दिनुहोस्