काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) का नेता सन्तोष सुवेदी (प्रयास) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सन्तोष नेकपाका नेता झक्कु सुवेदीका छोरा हुन् । २०७२ सालमा विप्लव समूहमा प्रवेश गरेका सुवेदी आज पुरानै पार्टीमा फर्किएका हुन् ।
छोरा सन्तोष १० वर्षपछि फर्किएको नेता झक्कु सुवेदीले बताए । सुवेदीलाई घर फर्किएको भन्दै कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डका साथै वर्षमान पुन, झक्कु सुवेदीलगायत नेताहरुले स्वागत गरेका छन् ।
सुवेदी १० वर्षअघि तत्काली एमाओवादीका काठमाडौं क्षेत्र नं. ४ का इन्चार्ज थिए । उनी विप्लवको पार्टीमा हुँदा प्रकाउसमेत परेका थिए ।