×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपा छोडेका दिनेश हुमागाईं काँग्रेसमा प्रवेश

रास्वपा छोडेका दिनेश हुमागाईं काँग्रेसमा प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश उपसभापतिबाट राजीनामा दिएका दिनेश हुमागाईं काँग्रेस प्रवेश गरेका छन् । हुमागाईंलाई काँग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका छन् ।

सभापति थापाले सर्लाहीमा चुनाव प्रचारकै क्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् । हुमागाईंले केहि दिनअघि रास्वपाको प्रदेश उपसभापति पदसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका थिए ।

हुमागाईं २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे- २ बाट उम्मेदवार बनेका थिए । उनले रास्वपा भित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता बढेको आरोप लगाएका थिए । 

प्रतिकृया दिनुहोस्