×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

डस्टबिनबाट सुन निकाल्दै गर्दा विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

डस्टबिनबाट सुन निकाल्दै गर्दा विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी डस्टबिनबाट सुन निकाल्दै गर्दा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनले विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको पाइएपछि पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले  जानकारी दिए । फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्रामको सुन फेला परेको छ ।
 

प्रतिकृया दिनुहोस्