×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ट्रकको ठक्करबाट रामेछाप घर भएका इन्स्पेक्टर अभय लामाको निधन

ट्रकको ठक्करबाट रामेछाप घर भएका इन्स्पेक्टर अभय लामाको निधन

काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ ।

३२ वर्षीय लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको थियो ।

तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको  ट्रकले ठक्कर दिएको थियो ।

उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएकोमा उपचारकै क्रममा उनको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । रामेछाप घर भएका उनी तार्केश्वरक-७ फुटुङ बस्दै आएका थिए ।

लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।

प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्