काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १७ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ८५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।