काठमाडौैं । सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।
गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना १ ज ४६२३ नम्बरको जिपको ठक्करबाट बयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको पैदल हिँडिरहेको समयमा बालकलाई ठक्कर दिएको थियो । जिप र चालक २७ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।
जिपको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध गरेका छन् ।