×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुन्छ : आयोग

चुनावमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा हुने जानकारी दिएको छ । आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलमा सामाजिक सञ्जालमा अनुगमनबारे जानकारी गराएका हुन् ।

उनले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गर्ने बताए ।

‘चुनावमा सोसल मिडिया मनिटोरिङका लागि सामानहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘नेपाली सेनाको टुल्समार्फत पनि हेर्छौँ । नेपालमा सबैभन्दा स्ट्रोङ टुल्स नेपाली सेनाको नै छ ।’

त्यस्तै आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एकपटक स्पष्टीकरणको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्ने उनले जानकारी गराए । निर्वाचन आचारसंहिता उल्लंघन हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट रोक्न फेसबुक (मेटा) र टिकटकसँग आयोगले सम्झौता गर्न लागेको पनि उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्