×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जेनजीहरूसँग भएको सम्झौतालाई अनुमोदन गर्ने मन्त्रिपरिषद् निर्णय, राजपत्रमा प्रकाशित गरिने

जेनजीहरूसँग भएको सम्झौतालाई अनुमोदन गर्ने मन्त्रिपरिषद् निर्णय, राजपत्रमा प्रकाशित गरिने

काठमाडौं ।  सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको उनले बताए ।

उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको पनि उनले बताए ।

‘जेनजीसँग भएको सम्झौता अनुमोदन गर्ने  र राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ,’ प्रवक्ता खरेलले भने, ‘उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकता राखेर कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।’

प्रतिकृया दिनुहोस्